विप्लवको समर्थनमा संसदमै उठ्यो आवाज - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विप्लवको समर्थनमा संसदमै उठ्यो आवाज



काठमाडौं –  नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीको पक्षमा संसदमा नै आवाज उठेको छ । ‘विप्लव’को पार्टीको पक्षमा संसदमा राष्ट्रिय जनमोर्चाले संसदमा नै आवाज उठाएको हो ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले विप्लव निकट विद्यार्थीलाई गिरफ्तार गरेकोप्रति विरोध जनाएकी हुन् ।

‘जेठ २६ गते कास्कीको अन्नपूर्ण गाउँपालिकामा शान्तिपूर्ण रुपमा भेला भएका विप्लवको पार्टीका विद्यार्थीहरूलाई पक्राउ गरेको छ । संविधानमा शान्तिपूर्ण तरिकाले भेला गर्ने अधिकार दिएको छ । विप्लवका विद्यार्थीलाई गिरफ्तार गर्ने निर्णयप्रति पार्टीले जोडदार रुपले विरोध गर्दछु । सभाुमखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु,’ पौडेलले भनिन् ।

विप्लवको पार्टी नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबीच पार्टी एकीकरणको चर्चा चलेको थियो । जनमोर्चा मसालको राजनीतिक मोर्चा हो ।