संसद भवन नै अनैतिक कार्यको अखडा - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

संसद भवन नै अनैतिक कार्यको अखडा



काठमाडौं : बानेश्वरस्थित संघीय संसद् भवनमा कार्यरत कर्मचारीहरुको सो भवनका प्रमुख कार्यकारी निर्देशक परुषोत्तम आमात्यविरुद्ध आन्दोलन चर्काएका छन्।

कार्यालय प्रमुख पदको दुरुपयोग गरी कार्यालय हाताभित्र मनोमानी गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनले प्रमुख आमात्यविरुद्ध आन्दोलन चर्काएको हो। चैत ६ गतेदेखि आन्दोलन जारी छ।

संठगनका अध्यक्ष छलरामप्रसाद पौड्यालका अनुसार कार्यालय प्रमुखले सवारीसाधान दुरुपयोग गरेको, जिन्सी सामान कौडीको भाउमा बेचेको र अनाधिकृत व्यक्तिलाई आवास क्षेत्र दिएकोले आन्दोलन गर्नु परेको बताए।

‘गरिमामय संसद भवनभित्रको धार्मिक महत्वका वरपीपल र रुद्राक्षलयागतका रुख काटेको, संसद हाता भित्र मासु, सेकुवा र मद्ययपान गराउने देखि अनाधिकृत व्यक्तिलाई आवास उपलब्ध गराएपछि आन्दोलन गुर्नपरेको हो’ पौडेलले भने, संसदलाई मर्यादित नबनाए सम्म आन्दोलन जारी रहने छ।’

चैत्र १५ गते राष्ट्रपतिले संसदलाई संवोधन गर्ने कार्यक्रम रहेको हुनाले एक दिनका लागि आन्दोलन स्थगित गरिएको जानकारी दिए।