‘लभ स्टेशन’मा होलिन त साम्राज्ञी ? - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

‘लभ स्टेशन’मा होलिन त साम्राज्ञी ?



निर्माता गोविन्द शाही अभिनेता प्रदिप खड्काको जोडीका रुपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिने दौडमा छन् । उनले र प्रदिपले मिलेर बनाउन लागेको फिल्म ‘लभ स्टेशन’मा साम्राज्ञीलाई हिरोइन बनाउने दौडमा गोविन्द कम्मर कसेर लागेका छन् । गोविन्दले यो फिल्ममा प्रदिप र जसिता गुरुङलाई त फाइनल गरिसकेका छन् ।

साम्राज्ञीले पनि खेलिदिइन् भने गोविन्दको निन्याउरो अनुहार फुरुङ्ग हुनेछ । साम्राज्ञीलाई यति धेरै मरिहत्ते गर्नुको कारण गोविन्दको पनि आफ्नै स्वार्थ छ । किनकी, प्रदिप र साम्राज्ञी अनी जसिता फिल्ममा हुँदा लगानी सुरक्षित गर्न सकिने उनको वुझाई छ । साम्राज्ञी र प्रदिपको जोडी फिल्ममा आएका छैनन् । दर्शक यी दुई फिल्ममा देखिउन् भन्ने चाहनामा छ ।

इनिसियल व्यापारमा प्रदिप र साम्राज्ञीको जोडी हूँदा ठूलो अन्तर हुनेछ । साम्राज्ञीलाई राखेपछि चर्चा पनि हुने र इनिसियल व्यापार पनि दमदार हुने गोविन्द र प्रदिपको दाउ छ । यसमा साम्राज्ञी सहमत होलिन् कि नहोलिन् भन्ने पिर पनि यी दुबैलाई छ ।