जब साम्राज्ञीले आलोचकहरुलाई 'कुकुर' भनिन - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

जब साम्राज्ञीले आलोचकहरुलाई ‘कुकुर’ भनिन



काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी उदियमान नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय सामाजिक सञ्जालमा निकै आलोचित बनेकी छन् । उनले आफ्ना प्रेमीसँगका तस्बिरका कारण उनी चर्चामा आएकी हुन् ।

आफ्नो प्रेमीसँगको बोल्ड तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट भएपछि उनको चौतर्फी आलोचना भएको छ । कतिले उनको पोस्टमा अश्लिल र भद्दा कमेन्ट समेत गरेका छन् ।

उनले तिनै कमेन्ट गर्नेहरुलाई आफ्नो आक्रोश इन्स्टाग्रामको स्टोरीमा पोखेकी छिन् । साम्रागीले आफ्ना आलोचकलाई ‘कुकुर’को संज्ञा दिएकी छन् ।

उनले लेखेकी छन् – ‘हाथी चले बजार, कुत्ते भोके हजार’ ।