सम्पत्तिका लागि भाइको हत्या ! - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

सम्पत्तिका लागि भाइको हत्या !



बुटवल,। भैरहवामा एक जना व्यक्तिले सम्पत्तिकै लागि भाइको हत्या गरेका छन् । नौ दिनअघि भएको युवकको हत्यामा आफ्नै दाजुको संलग्नता रहेको खुलेको हो ।

गत जेठ २१ गते राति सिद्धार्थनगर नगरपालिका ८ लेखनाथपथका सतिस साहनीको शंकास्पद मृत्यु भएको थियो ।

उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकको दाजु सञ्जय साहनीले भाइ सतिसलाई निद्रा लाग्ने औषधी दूधमा मिसाएर सेवन गराई बेहोस बनाएपछि घांटी थिचेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लिनारायण पाण्डेले जानकारी दिए ।

सम्पत्तिको लोभले सैतेलो भाइको हत्या भएको अनुसन्धानमा खुलेको पाण्डेले बताए । हत्यामा संलग्नताको पुष्टी भएपछि सञ्जयलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको उनले बताए ।