अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाइ कार्यक्रम - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाइ कार्यक्रम



केशव पोखरेल /दक्षिण कोरिया
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा गत अक्टोबरमा सम्पन्न “सुपादेऊरालि साङ्गीतिक सौगात भाग १” मा विशेष योगदान गरेका व्यक्तित्वहरूलाई एक कार्यक्रमका बिच विशेष सम्मान गरेको छ ।

उक्त कार्यक्रमा आर्थिक एवं नैतिक सहयोग गरी अहोरात्र खटिएर सफलतापुर्वक कार्यक्रम सम्पन्न गर्ने व्यक्तिहरूलाई मञ्चले सम्मान गरेको हो ।

उक्त कार्यक्रम मा बोल्दै मञ्चका अध्यक्ष दिनामनि पौडेलले कोरियामा रहेका सम्पूर्ण जिल्ला बासीको एकजुटताले गर्दा नै कार्यक्रम सफल भएको बताए ।परिआएको खण्डमा परदेशमा पनि जिल्ला बासी एकजुट हुँदा रहेछन् भन्ने गलितो सन्देश कार्यक्रम ले दिएको पनि अध्यक्ष पौडेलले जानकारी गराए ।

कार्यक्रम मा रिण प्रदान गरेर सहयोग पुर्‍याउने १५ जना व्यक्तिहरूलाई विशेष सम्मानका साथै अन्य सहयोग गर्ने व्यक्तिहरूलाई पनि सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा कोरियाको भिजा अवधि सकेर नेपाल फर्कन लागेका अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष दिनामणि पौडेलाई बिदाइ समेत गरिएको थियो ।सोही कार्यक्रममै अध्यक्ष को बिदाइ सँगै आगामी महाधिवेशन सम्मको लागि उपाध्यक्ष सुन्दर पन्थिलाई कार्यवाहक अध्यक्ष को जिम्वेवारि समेत दिइएको छ ।अध्यक्षको जिम्बेवारिता समाल्दै पन्थिले आगामी महाधिवेशन सम्मको लागि आफूले पाएको पदीय जिम्वेवारि पुरा गर्न धारणा व्यक्त गरे ।

कार्यक्रम को सभापतित्व दिनामणि पौडेलले गरेका थिए भने सचिव फर्सुराम पौडेलेले कार्यक्रम सञ्चालन गरेका थिए ।