सहकारी दिवसमा सम्मानको नयाँ घोषणा - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सहकारी दिवसमा सम्मानको नयाँ घोषणा



काठमाडौं -राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मान बहुउद्देश्यीय सहकारीले आज सुलभ दरमा अस्पतालको सेवा र सुलभ दरमा शिक्षा प्रदान गर्ने घोषणा गरेको छ ।

सहकारीको कार्यालयमा केक काटेर सहकारी दिवसको खुसीयाली बाँड्नुको साथै अबको समयमा सहकारी जनताको सहयात्री कसरी बन्न सक्छ भन्ने विषयमा छलफल कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा सहकारीका व्यवस्थापक श्रीराम पाण्डेले सहकारी संस्था पछिल्लो समय जनताको खास सहयात्री बन्न नसकेको यो परिस्थितिमा हामीले यो अवसर गुमाउन नहुने बताएका थिए । पाण्डेले संस्थाका सेयरधनी सबैकालागि नयाँ र सर्वसुलभ स्वास्थ्य र शिक्षाका कार्यक्रम ल्याइएको पनि जानकारी दिए ।

यस्तै कार्यक्रममा संस्थापक गोविन्द केसीले अबको १ वर्षमा सम्मान सहकारीले कम्तीमा एउटा स्कुल र एउटा अस्पताल खोल्ने लक्ष्य निर्धारण गरेको र यो अस्पताल र स्कुलमा सहकारीसँग आबद्ध हर कसैले सस्तो र सुलभ दरमा सेवा पाउने जानकारी गराए ।

सम्मान बहुउद्देश्यीय सहकारी संस्थाले एक वर्षदेखि फरक तरिकाले बजारमा सेवा दिइरहेको छ ।