सम्झना लामिछाने मगरले केन्द्रिय सदस्य पदका लागि उमेद्बारी दिने - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

सम्झना लामिछाने मगरले केन्द्रिय सदस्य पदका लागि उमेद्बारी दिने



समिर प्रकाश पाण्डे

नेपाली लोक गित संगीत प्रेमी दर्शक श्रोताहरुका लागी र कलाकारहरुका लागी सम्झना लामिछाने मगर को नाम नौलो भने पक्कै पनि हैन । तर यही असोज ८ ९ र १० गते काठमाण्डौ को कमलादीमा हुन गैरहेको राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीको लागी छैटौ माधिवेसन बाट भने नौलो हुने देखिएको छ । किनभने सम्झनाले आफु पनि उमेद्बार बन्ने औपचारिक घोषणा गरे लगत्तै धेरै कलाकारहरुले समर्थन गरेका छन ।

२०६८  साल बाट लोक दोहोरी क्षेत्रमा प्रबेश गरेकी सम्झना “फुल फुलेर पहेलै भयो , घरमा पराल बारीमा वन्सो ”जस्ता थुप्रै एल्बम बाट चर्चा को सिखर चुम्दै आज सम्म धेरै सुपर हिट गीतहरु मा आवाज भरेकी छन् ।

पछिल्लो समय देश तथा बिदेशमा हुने स्टेज प्रोग्राममा निक्कै बेस्त रहदै आएकी उनि केहि समय अघि मात्र बिदेशका कार्यक्रम सकेर नेपाल फर्केकि छन | धेरै उमेद्वारहरु को भिड मा सम्झना को राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समिती सदश्य पदमा विजयी भएको देख्न पाइयोस हाम्रो तर्फबाट धेरै धेरै शुभकामना ।।