सम्झना लामिछाने मगरको देउरालीको छ्याङ पसलमा भेटिए नायिका सुष्मा कार्की र शङ्कर बि.सी (भिडियो सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

सम्झना लामिछाने मगरको देउरालीको छ्याङ पसलमा भेटिए नायिका सुष्मा कार्की र शङ्कर बि.सी (भिडियो सहित)



समिर प्रकाश पाण्डे/माघ २२ 

फुल फुलेर पहेलै भयो बोलको गीत मार्फत दर्शक श्रोता माझ छाएकी गायिका सम्झना लामिछाने मगरको आवाजमा रहेको अर्को बजार तत्ताउने कमेडि बेसको गीत “ देउरालीको छ्याङ” बजारमा सार्वजनिक भएको छ ।

गायक युबराज मगर र सम्झना लामिछाने मगर को स्वरमा रहेको गीतमा चर्चित सर्जक शिव हमालले उत्कृष्ट लय तथा शब्द सृजना गरेका छन् । चर्चित निर्देशक तथा मोडल शङ्कर बिसी र अर्की चर्चित नायिका सुष्मा कार्कीको उत्कृष्ट अभिनयमा तयार गीतको निर्देशन पनि शङ्कर बिसीलेनै गरेका हुन् ।राजेश घिमिरेको छायांकनमा तयार गीतको दृश्य निर्माण कृष्ण फ्लिमस ले गरेको हो ।नवीन घर्ति मगरको सम्पादनमा तयार गीत युवराज मगर र कृष्टि गरुङ्को प्रस्तुतिमा बजार आएको छ ।