ल हेर्नुहोस् गायिका सम्झना लामिछाने मगरको 'चुरोट तान्ने बानी'(भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

ल हेर्नुहोस् गायिका सम्झना लामिछाने मगरको ‘चुरोट तान्ने बानी'(भिडियो सहित)



समीर प्रकाश पाण्डे

सम्झना डिजिटल प्रा.ली.को प्रस्तुतिमा “गणेश छन्त्यालको”को सदेश मूलक नयाँ गीत “चुरोट तान्ने बानी ” केही समय अगाडि मात्र नेपाल गीत संङ्गीतको बजारमा सार्वजनिक भएको छ ।

लोकदोहोरी गायक पदम विश्वकर्मा र चर्चित गायिका सम्झना लामिछाने मगरको स्वरमा रहेको यस गीतमा शब्द ,सङ्गीत गणेश छन्त्यालले गरेका छन् भने लय पनि उनकै रहेको छ ।

साइ भिजन प्रा.लिको ब्यानरमा निर्माण भएको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् सुरेश श्रेष्ठको छायाङ्कनमा विष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा मोडल प्रकाश सपुत र सिर्जना रेश्मी मगरको अभिनय रहेको छ ।