यी हुन् प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

यी हुन् प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः प्रत्यारोपण गर्न लागिएको मिर्गौला उनकी भाञ्जी समीक्षा संग्रौलाले दिने भएकी छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आउँदो २१ फागुनमा प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपण गर्दैछन्। त्यसका लागि आज उनी अस्पताल भर्ना हुँदैछन्।

प्रधानमन्त्री ओलीलााई पुनः प्रत्यारोपणका लागि मिर्गौला दिन चाहनेको संख्या ठूलो भए पनि अन्ततः भान्जीको मिर्गौला नै सबै हिसाबले ‘म्याच’ भएको बताइएको छ।

आफूलाई मिर्गौला दिन लागेकी करीब ३२ वर्षीया समीक्षालाई प्रधानमन्त्री ओलीले ११ फागुनमा आफ्नो ६९औं जन्मदिनका अवसरमा बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा अरु नातेदार र शुभचिन्तकहरुसँग चिनजान गराएका थिए।

प्रधानमन्त्री ओलीका दुवै मिर्गौलाले काम गर्न छाडेपछि २०६४ साउनमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यतिबेला उनलाई भाइ बुहारी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्।

प्रत्यारोपण गरेको १२ वर्षपछि मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले गत कात्तिकयता नियमित डायलासिस गर्दै आएका छन्।