संविधान सबैको साझा सम्पत्तिः मन्त्री लेखक - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

संविधान सबैको साझा सम्पत्तिः मन्त्री लेखक



भीमदत्तनगर, कात्तिक २० गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान आम नेपालीको साझा सम्पत्ति भएको बताउनुभएको छ । शुक्रबार राति अबेर कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–१ बन्साहमा आयोजित धार्मिक रामलिला महोत्सवको उद्घाटन गर्दैै उहाँले भन्नुभयो – असन्तुष्ट पक्षलाई समेटेर संविधानलाई सबैको साझा सम्पत्तिको रुपमा स्थापित गराउन सरकार लागि परेको छ ।

“संविधानमा सबै वर्ग, जातजाति र समुदायको भावना समेटिएको छ” उहाँले भन्नुभयो– “यसलाई सम्पत्तिका रुपमा स्थापित गराउनु वर्तमान सरकारको राष्ट्रिय एजेन्डा हो ।”

मन्त्री लेखकले स्थानीय तहको निर्वाचन सरकारको अर्को एजेन्डा रहेको भन्दै निर्वाचनको तयारीमा समेत सरकार लागेको बताउनुभयो ।

धार्मिक महोत्सव, यज्ञले समाजमा भाइचारा र सामाजिक सद्भाव कायम गर्न सघाउ पु¥याएको भन्दै उहाँले रामलिला जस्ता धार्मिक कार्यक्रमले समाजलाई सही मार्ग देखाउने धारणा राख्नुभयो । रासस