अन्तत :मिले शम्भु राई र प्रकाश सपुत,यस्तो भयो सहमति - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

अन्तत :मिले शम्भु राई र प्रकाश सपुत,यस्तो भयो सहमति



काठमाडौँ– लामो समय दखि चल्दै आएको  शम्भु राई र प्रकाश सपुतबीच ‘गलबन्दी’ गीतको विवाद मिलेको छ । उनीहरुबीच मङ्गलबार ४ बुँदे सहमति भएपछि विवाद सल्टिएको हो ।

प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको सहमतिमा अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

योसँगै राईले प्रतिलिपि अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने छन् ।

गायक शम्भु राई र प्रकाश सपुतबीच गीतको लयका विषयमा केही समयदेखि लफडा चलिरहेको थियो ।

विवादका बीच जातीलक्षित टिप्पणी हुनथालेपछि यो विषयले संसदमा समेत प्रवेश पाएको थियो ।