समता स्कूलले राख्यो ‘वर्ल्ड रेकर्डस्’ - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

समता स्कूलले राख्यो ‘वर्ल्ड रेकर्डस्’



काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाण्डुलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् ।

आज बिहान बालुवटारमा आयोजित कार्यक्रममा वल्र्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् ।

प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैँयामा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई समताले गुन लगाएको बताए । ‘राज्यले लिनु पर्ने दायित्व तपाईंहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्री ओलीले भने, ‘अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।’

प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको बताए । ‘सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि तपाईंहरुलाई बधाइ छ ।’

प्रधानमन्त्री ओलीले यस बर्ष देखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नुहने स्पष्ट पारेका छन् । नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री ओलीले बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पनि उपस्थिती थियो ।