सामर्थ्य नेपालका युवाहरुद्बारा सार्वजनिक ठाउँमा फोहोर फाल्न नदिने अभियान सुरु   - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सामर्थ्य नेपालका युवाहरुद्बारा सार्वजनिक ठाउँमा फोहोर फाल्न नदिने अभियान सुरु  



कैलाली । सामर्थ्य नेपालका युवाहरुले यात्रुुबाहक बस तथा अन्य सवारी साधनहरुलाई सार्वजनिक ठाउँमा फोहोर नफाल्न अनुरोध गरेका छ्न । बसमा सवार यात्रुहरूले बसको झ्याल तथा ढोकाबाट सार्वजनिक ठाउँमा फोहोर फालेपछी दुर्घन्धित हुने हुँदा बसमा सवार यात्रुहरूलाई फोहोर नफाल्न आग्रह गर्दै चितवनमा यो अभियान थालेका छन ।

आईतवार बाट संचालित यो अभियानले करिब २००० भन्दा बढी बसहरुमा सन्देश प्रवाह गरेको छ । विशेष गरि लामो रुटमा चल्ने बसहरुलाई सन्देश दिएको अभियानका संयोजक सामाजिक अभियान्ता अर्जुन भुसालले बताए ।

यो अभियान अब देश ब्यापी चल्ने संयोजक भुसालले बताए । उनलेे भनेे , ‘ प्रत्येक मानिसको मनमा भएको  फोहोर हटाउने उद्देश्यले यो अभियानको थालनी गरिएको हो ।’