समर्पण दिवसका अवसरमा सन्त निरंकारी मण्डलद्वारा रक्तदान शिविर सम्पन्न  - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

समर्पण दिवसका अवसरमा सन्त निरंकारी मण्डलद्वारा रक्तदान शिविर सम्पन्न 



गोविन्द बीसी  

बौनिया,कैलाली । मानव सेवाप्रति समर्पित सन्त निरंकारी मण्डलले शनिबार समर्पण दिवस मनाएको छ ।

दिवसका अवसरमा सन्त निरंकारी मण्डल शाखा बौनियाले रक्तदान शिविर आयोजना गरेको हो । कैलाली लगायत देशैभरका शाखा, उपशाखा भवनमा विविध कार्यक्रमको आयोजना गरिएको मण्डलले जनाएको छ । हरेक बर्ष निरंकारी मण्डलले  दिवसका अवसरमा रक्तदान शिविर, सरसफाइ लगायत विविध कार्यक्रम गर्दै आएको छ ।

कैलालीको बर्दगोरीया गाउँपालिका-२ झगडपुर स्थित सन्त निरकारी मण्डल भवनमा भएको रक्तदान कार्यक्रममा सन्त महात्मा, निरंकारी सेवादल, स्थानीय, समाजसेवी, जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, सर्वसाधारण लगायत ७९ जना रक्तदाताले रगतदान गरेका छन ।

सन्त निरंकारी मण्डल शाखा बौनियाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको सहयोगमा रक्तदान शिविर गरिएको बौनिया शाखाले जनाएको छ । सन्त निरंकारी मण्डल एक धार्मिक र सामाजिक परोपकारी संस्था मानिन्छ ।

धर्म होईन भावना परिवर्तन गरौं, रक्तदान नै जीवन दान,रगत नालीमा होईन नाडीमा बगाऔं भन्ने निरंकारी बाबाको मूल दिब्य बचन सहित रक्तदान शिविर सम्पन्न गरिएको हो ।

संत निरकारी मण्डल नेपाल प्रमुख नर बहादुर रावलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम चौधरी रहेका थिए । यस्तै, विशिष्ट अतिथिमा वडा नम्बर-२ का अध्यक्ष भिख्खु चौधरी रहेका थिए ।

सोही अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष बलिराम चौधरीले रक्तदान गर्नु मानव जीवनको महत्त्वपूर्ण र परोपकारी कार्य भएको बताए । हामीले दिएको एक प्वाईन्ट रगतले कसैको जीवन रहन्छ भने किन नगर्ने ?- उनले भने । जीवन रहुन्जेल हामीले पटक पटक रक्तदान गरी राख्नुपर्छ । कार्यक्रममा चौधरीले सन्त निरंकारी मण्डलले गरेको सामाजिक र मानवीय कार्यको प्रसंशा समेत गरे । अध्यक्ष चौधरीले आगामी आर्थिक वर्षको बजेटमा सन्त निरंकारी मण्डल बौनिया शाखालाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सन्त निरंकारी मण्डल बौनिया शाखा प्रमुख विजय कुँवरले निरंकारी मण्डल शाखाको भौतिक बिकास निर्माणका लागि ज्ञापन पत्र बुझाए ।  कार्यक्रममा वडा नम्बर-१ का अध्यक्ष जयरुप खतिवडा, वडा नम्बर-३ का अध्यक्ष कर्ण सुनार लगायतकाले मन्तव्य राखेका थिए, भने स्वागत मन्तव्य शाखा प्रमुख विजयसिंह कुँवरले गरेका थिए ।