समानुपातिक पछिल्लो अपडेट- एमालेले ४ लाख कटाउँदा, नेकपा एसको ३० हजार - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

समानुपातिक पछिल्लो अपडेट- एमालेले ४ लाख कटाउँदा, नेकपा एसको ३० हजार



काठमाडौं- प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले चार लाख मत कटाएको छ।

निर्वाचन आयोगले बिहीबार बिहान साढे ८ बजेसम्म गरेको अपडेट अनुसार एमालेले चार लाख ८५ हजार ९०३ मत ल्याएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले चार लाख ५० हजार २९५ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दुई लाख ५२ हजार ११३ मत ल्याएको छ।

नेकपा माओवादी केन्द्र दुई लाख १६ हजार ३१६ मत प्राप्त गरी चौथो स्थानमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ३३ हजार ६३६, जसपाले ५६ हजार ३९९, नेपाल मजदुर किसान पार्टीले ४६ हजार ९९३, नागरिक उन्मुक्ति पार्टीले ३२ हजार १३९ मत, जनमत पार्टीले ३१ हजार ८९२, नेकपा एकीकृत समाजवादीले ३० हजार ९३६ मत ल्याएको छ।

अन्य पार्टीले एक लाख ६३ हजार ७५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।