सामन्थाले दुई गुणा बढी पैसा दिएर किनिन् पूर्व पतिको घर - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

सामन्थाले दुई गुणा बढी पैसा दिएर किनिन् पूर्व पतिको घर



मुम्बई- साउथ फिल्म स्टार सामन्था रुथ प्रभुको नाम पूर्वपति तथा अभिनेता नागा चैतन्यलाई लिएर प्रायः जोडिने गरेको छ ।

यिनै समान्थाले हालै मात्र नागाको हैदाराबादस्थित एक पुरानो घर किनेकी छन् । यो घर किन्न उनले दुई गुणा बढी पैसा तिर्नुपरेको छ ।

सन् २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत सम्बन्धविच्छेदको घोषणा गरेका थिए । त्यसपछि उनीहरुको बाटो सदाका लागि अलग–अलग रह्यो । तर, हैदराबादस्थित नागाको यो घर समान्थाले किनेपछि पुनः यो जोडी चर्चामा छन् ।

उनले किनेको यो घरमा कुनै समय उनी नागासँग बस्थिइन् । तर, सम्बन्धविच्छेदपछि दुवैको सहमतिमा यो घर बेचिएको थियो । अहिले पुनः यो आलिशान घरलाई सामन्थाले दुई गुणा बढी मूल्यमा किनेकी छन् ।

लामो समयदेखि ठूलो पर्दामा नदेखिएकी सामन्था चाँडै नै फिल्म ‘यशोदा’मार्फत दर्शकमाझ पुनरागमन गर्दैछिन् । यो तमिल फिल्म अगस्ट १२ मा रिलिज हुँदैछ ।