मदिरा, गाडी र मोबाइल आयात गर्न प्रतिबन्ध - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

मदिरा, गाडी र मोबाइल आयात गर्न प्रतिबन्ध



काठमाडौं- सरकारले १० प्रकारका सामान नेपाल आयातमा रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको हो।

कुरकुरे, कुरमुरे, लेज, तयारी मदिरा, तयारी चुरोट सुर्ती, हिरा, मोबाइललगायत बस्तु आयातमा रोक लगाइएको छ।

यस्तै ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना, खेल्ने तासलगायत बस्तुको आयातमा समेत रोक लगाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ। यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरूको हकमा पनि बन्देज लागू हुने छैन।