सामान ढुवानीमा झनै सिन्डिकेट - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सामान ढुवानीमा झनै सिन्डिकेट



गत बर्ष नेपाल निर्माण सामाग्री व्यापार सघका अध्यक्ष श्रीकृष्ण रिजालले भैरवहाबाट काठमाठौंमा निर्माण सामाग्री ल्याउँदा एक ट्रकको भाडा ३० हजार रुपैयाँ बढी तिर्न बाध्य भए ।

ढुवानी व्यवासायीमा व्याप्त सिन्डिकेटकै कारणले उनले चलेको भाडामा दोब्बरभन्दा धेरै नतिरी धरै पाएनन् ।

मैले आफैँ २० हजार भाडा लाग्ने ठाउँमा ५० हजार तिरेको छ, आईतार रिजालले भने, ढुवानीमा मनपरी छ ।

जे मन लागयो त्यही गर्छन् ।

उनका अनुसार निर्माण धेरै हुने बेलामा ढुवानी व्यवासायीले सिन्डिकेटलाई अझ उच्चतम विन्दुमा पुर्याउँछन् ।

रिजालले आफुले तिरेको ३० हजार रुपैयाँ अतिरिक्त भाडा सामानमा जोडेर उठाउँछन् । जसको प्रत्यक्ष मारमा आम उपभोक्ता पर्छन् ।,आजको नागरिक दैनिकमा यो खबर छ ।