सामाजिक विकासमन्त्री सोडारीलाई पदबाट बर्खास्त, नवनियुक्त विकास मन्त्रीमा सुवेदीले लिए सपथ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सामाजिक विकासमन्त्री सोडारीलाई पदबाट बर्खास्त, नवनियुक्त विकास मन्त्रीमा सुवेदीले लिए सपथ



कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई मंगलबार पदबाट बर्खास्त गरिएको छ ।

पार्टीको सुझाव अटेर गरेको तथा पटकपटक विवादमा तानिएको भन्दै उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदबाट बर्खास्त गरेका हुन् ।

मन्त्री सोडारी बर्खास्त भए लगत्तै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त भएका छन् ।

मन्त्री सुवेदीलाई प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितीमा मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गराईएका हुन् । सुवेदी तत्कालिन एमालेबाट कैलाली क्षेत्र नम्बर ४ ‘ख’बाट प्रदेश सभामा विजयी भएका हुन ।