सामाजिक यथार्थमा आधारित तीज गीत "दीदीभाई २ " (भिडियो सहित ) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सामाजिक यथार्थमा आधारित तीज गीत “दीदीभाई २ ” (भिडियो सहित )



समीर प्रकाश पाण्डे ।

हिन्दु धर्मावलम्बी नारीहरुको महान चाड हरितालिका तिज निजिकिदै गर्दा सांगीतिक बजारमा तीज बिशेष गीतहरु भित्रीने क्रम बढ्दो छ यसै परिवेशमा गुरुआमा फिल्मसको प्रस्तुतिमा अत्यन्तै मार्मिक अनि सामाजिक यथार्थमा आधारित तीज गीत “दीदीभाई २ ” सोही कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

बिष्णु न्यौपानेको मार्मिक शब्द तथा खुमन \अधिकारीको मर्मस्पर्शी लयामा रहेको गीतमा खुमन अधिकारी र स्मृति तिमिल्सिनाको सुमधुर स्वर रहेको छ भने बिनोद बाजुरालीले एरेन्ज राजेन्द्र बाजुरालिले रेकर्डिङ साथै खडक बाजुरालिले मिक्सिङ्ग गरेका छन उक्त गीतको अडियो मालाश्री स्टुडियोमा रेकर्ड गरिएको थियो ।

निर्देशक स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल महेन्द्र गौतम , रमा थपलिया , सुस्मिता सापकोटा ,शेरबहादुर डिसी , गिता खड्का र सुमन थापाको संयुक्त अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन साथै प्रकाश धमलाले सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस :

https://youtu.be/g-JNQEAGlJY