यी हुन् समाजवादी पार्टीको बैठकले गरेका ५ निर्णय - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यी हुन् समाजवादी पार्टीको बैठकले गरेका ५ निर्णय



काठमाडौं-नवगठित समाजवादी पार्टी नेपालले पार्टीको आन्तारिक र बाह्य समस्या समाधान गर्नका लागि विभिन्न ५ निर्णय गरेको छ । बिहिबार बसेको सो पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
बैठकले समायोज कार्यदल, वार्ता समिति, अभिमुखीकरण कार्यक्रम, कार्यालय व्यवस्थापन र सञ्चार सम्पर्क गर्नका लागि प्रतिनिधिहरु समेत तोकेको छ ।

समायोजन कार्यदलमा हेमराज राई, रेणु यादव, गंगा श्रेष्ठ, रामसहाय यादब र डम्बर खतिवडा, वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, पर्शुराम खापुङ्ग, नवराज सुवेदी र रामसहाय यादव रहेका छन् भने बैठकले जेठ ११ गतेदेखि २५ गतेसम्म ८ स्थानमा अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै कार्यालय ब्यबस्थापनमा हिसिला यमी र प्रकाश अधिकारी रहेका छन् भने सञ्चार सम्पर्कको लागि प्रशान्तसिंहको नेतृत्वमा विश्वदीप पाण्डे, महेश चौरासिया र पूर्णबहादुर बस्नेतको समिति बनेको छ । केही दिनअघि मात्र संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भई सो पार्टी गठन भएको थियो ।