समाज सेवा रुपन्देहीमा भट्टराई निर्वाचित । - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

समाज सेवा रुपन्देहीमा भट्टराई निर्वाचित ।



ओम प्रकाश बानियाँ/दोहा, कतार

समाजसेवा अभियान रुपन्देही, कतारको छैठौ साधरणसभा तथा पाचौ अधिवेशन २२ डिसेम्बरमा सम्पन्न भएको छ ।

ग्रान्ड महल स्थित एम. एर. ए. रेस्टुरेन्टमा डिल्ली राम भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावासका सचिव गायत्री बहादुर पौडेल रहेका थिए भने विशेष अतिथि र अतिथिहरूमा विमल कार्की, तेज कट्वाल, चानक पोख्रेल, मोहमद अजिज अलि, पत्रकार महा सङ्घ कतारजा अध्यक्ष, विभिन्न जिल्लाका अध्यक्ष, जातीय सङ्गठन, बुद्धिजीवी, समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समाज सेवा रुपन्देहीले स्थापना काल देखि नै उदाहरणीय काम गरेको भन्दै सस्थाको प्रसङसा गर्नु भयो । पौडेलले थप्नु भयो सेवा समाज रुपन्देहीलाई जस्तो सुकै सहयोग गर्ने पनि नेपाली राजदूतावास तयार रहेको बताउनु भयो ।

उक्त भेलाले डिल्लिराम भट्टराईको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति निर्माण गरेको छ ।जसको उपाध्यक्षमा हरि बहादुर शाही, सचिवमा कृष्ण प्रसाद न्यौपाने, सह- सचिवमा शिव राज शाही, कोषाध्यक्षमा विष्णु खड्का, सह-कोषाध्यक्षमा मनोज कुंवर रहेका छन् । कार्य समिति सदस्यहरूमा क्रमशः यम आले, सौगात अलि , डिल्लीराम अर्याल, अर्जुन यादव, राजु परियार, हरि पौडेल, दिल बहादुर खड्का, खेम पंगेनी र युवराज अर्याल रहेका छन्।

सो कार्यक्रममा सस्थाका निवर्तमान सचिव रामलाल पराजुलीले सस्थाको प्रगति विवरण र अध्यक्ष भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

सस्थाका सदस्य कृष्ण न्यौपानेले स्वागत मन्तव्य प्रस्तुत गर्नु भयो भने सोतन्त्र नेपालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।