समाज रूपान्तरणका लागि सकारात्मक सोच - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

समाज रूपान्तरणका लागि सकारात्मक सोच



के.आई.नेपाल,चितवन सक्रिय महिला प्रतिष्ठान,महिला सशक्तिकारण तथा परिवर्तनशील संस्था नेपालको आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा  हाकिमचोकस्थित स्टार बैंकेटमा “समाज रूपान्तरणका लागि सकारात्मक सोच” विषयमा मंगलबार एक  दिने कार्यशाला सम्पन्न भएको छ  ।

उक्त कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकास मन्त्री माननीय युवराज दुलालको  प्रमुख आतिथ्यता र सकारात्मक सोच अभियन्ता साधन ज्ञवालीको विशेष उपस्थिति  रहेको थियो।

के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईद्वारा स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारिएको उक्त कार्यक्रममा सांसदहरू तथा अन्य जनप्रतिनिधिहरू, सामाजिक संघसस्थाहरू, सरकारी निकायका प्रतिनिधिहरू, डाक्टर, इन्जिनियर, प्राध्यापक, शिक्षक र विधार्थीहरु गरी २५० जनाको उपस्थिति ररहेका थिए ।