सलमान–साहरुख एउटै फिल्ममा काम गर्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सलमान–साहरुख एउटै फिल्ममा काम गर्ने



एजेन्सी– बलिउडका दुई खान सलमान खान र साहरुख खान एउटै फिल्ममा काम गर्दै छन् भन्ने कुरा मात्र सुन्दा पनि उनीहरुका फ्यान एकाएक खुसी हुनछन् । बलिउडमा सबैभन्दा धेरै मन पराइएका जोडीमध्ये यी दुई एक हुन् । पछिल्लो पटक फिल्म जिरोमा यी दुई सँगै देखिएका थिए । यो फिल्ममा सलमानले क्यामियो गरेका थिए ।

तर, अब यी दुई सन्जय लिला भन्सालीको फिल्ममा सँगै देखिने भएका छन् । त्यसो त यस विषयमा यी दुई अभिनेता तथा भन्सालीले अहिलेसम्म केही भनेका छैनन् तर ‘बैजू बावरा’ फिल्मको रिमेकमा भन्सालीले यी दुईलाई लिने अनौपचारिक रुपमा भन्दै आएका छन् ।

बलिउड हंगामाको रिपोर्टअनुसार सन्जयले यो फिल्ममा सलमान र साहरुखलाई खेलाउन सकेनन् भने पनि अर्को फिल्म बनाएर यी दुईलाई अभिनय गराउने सोच बनाएका छन् । बैजू बावरा चाहिँ सन् १९५२ मा आएको फिल्म थियो ।