सलमान खानविरुद्ध प्रहरीमा उजुरी - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

सलमान खानविरुद्ध प्रहरीमा उजुरी



एजेन्सी । बलिउड अभिनेता सलमान खानविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । मुम्बाईको सडकमा साइक्लिङ गरिरहेको बेला एक समर्थकले भिडियो खिच्न थालेपछि सलमानले उक्त भिडियो खिच्नेको मोबाइल खोसेका थिए । सोही मोबाइल खासेको आरोप लगाउँदै उनीविरुद्ध लिखित उजुरी दर्ता भएको हो ।

उक्त फ्यानले बुधबार बेलुकी मुम्बाईस्थित डीएन नगर प्रहरीकोमा लिखित उजुरी दिएका हुन् । ति समर्थकले सालमान सहित उनका बडिगार्डविरुद्ध पनि दुर्व्यवहारको गरेको उजुरी दिएका छन् ।

पछिल्लो समय सलमान चलचित्र ‘भारत’को प्रचार–प्रसारमा व्यस्त छन् । जुन ५ मा रिलिज हुन लागेको उनको चलचित्र राष्ट्रियताको कथामा बनेको छ ।चलचित्रलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । चलचित्रमा सलमानसँगै कट्रिना कैफ, ज्याक्की श्राफ, सुनिल ग्रोवर लगायतका कलाकारहरुको अभिनय छ ।