फ्यानहरुलाई सलमानको भावुक संदेश ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

फ्यानहरुलाई सलमानको भावुक संदेश !



कालो हरिण प्रकरणमा दुई दिन जेल बसेर निस्केका बलिउड सुपरस्टार सलमान खानले आफ्ना फ्यान तथा सपोर्टरहरुलाई भाबुक संदेश दिएका छन । सन्देशमा उनले फ्यानहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

सलमानले लेखका छन्, ‘मेरा सबै पि्रयजन तथा जो मेरो साथमा छन्, कहिल्यै हिम्मत हारेनन् । उनीहरु सबैप्रति म कृतज्ञ छु ।’

 

जेलबाट निस्किएपछि सलमान निकै रिल्याक्स्ड फिल गरिरहेका छन् । सोमबार उनी एउटा विद्यालयको कार्यक्रममा अप्रत्याशितरुपमा पुगेका थिए । उनी आफ्नो भतिज पढ्ने स्कुलमा आयोजित कार्यक्रममा भाग लिन पुगेका हुन् । सो कार्यक्रममा उनी बालबालिकाहरुसँग रमाए ।

सुरुमा सलमानलाई अगाडि देख्दा बालबालिकाहरु अचम्भित बनेका थिए । तर, सलमानले आफ्नो कुल हाउभाउबाट उनीहरुलाई सहजै आश्वस्त बनाए । बालबालिकाहरुले उनीसँग सेल्फी खिचे ।