अब के के गर्न पाउँदैनन सलमान खानले ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अब के के गर्न पाउँदैनन सलमान खानले ?



भारतीय सुपरस्टार सलमान खान दुई दिन जेल बसेर रिहा भएका छन् । ५० हजार धरौटीमा उनलाई रिहा गरिएको हो । कालो हरिण शिकार गरेको अभियोगमा पाँच बर्षको जेल सजायँ सुनाइएका उनि दुई दिन जेल बसेर रिहा भएका हुन् ।

सलमानका वकिलले गरेको पुनराबेदनमा अदालतले शनिवार उनलाई ५० हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।

सो आदेशपछि सलमान शनिवार साँझ करिव ५ बजेतिर जोधपुर जेलबाट रिहा भएका छन् । दुई दिन जेलमा बिताएका सलमान रिहा भए लगत्तै एयरपोर्ट पुगे, जहाँ उनले चार्टर गरेको बिमान उनलाई मुम्बई लैजान तयार थियो । उनी साँझ नै निवास पुगेका छन् ।

सलमान धरौटीमा रिहा भए पनि उनि निगरानिमै रहने छन् भने अदालतको अनुमतिविना देशबाहिर भ्रमण गर्न भने पाउँदैनन् ।

सन् १९९८ मा सुटिङका क्रममा कालो हरिण शिकार गरेको अभियोगमा २० बर्षदेखि उनीमाथि मुद्दा चलिरहेको थियो । बिहीबार उनलाई जोधपुर अदालतले ५ बर्षको जेल सजायँ सुनाएको थियो ।