सलमान खान नेपाल आउने पक्का - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

सलमान खान नेपाल आउने पक्का



एजेन्सीदुर्लभ वन्यजन्तु कृष्णसारको सिकार प्रकरणमा बलिउड अभिनेता सलमान खानले अदालतबाट विदेश यात्राको अनुमति पाएका छन्।

सलमानले जोधपुरको अदालतमा विदेश जानका लागि अनुमति मागेकोमा अदालतले उनलाई मे २५ देखि जुलाई १० सम्म विदेश यात्रा गर्न सक्ने अनुमति दिएको हो। उनले याचिका (निवेदन)मा नेपालसहित चार देश जाने अनुमति मागेका छन्।

विदेश यात्रा सुरु हुने दिनको भोलिपल्टै उनी नेपाल आउनेछन्। काठमाडौंको कार्यक्रम मे २६ अर्थात् जेठ १२ गते तय गरिएको छ। यसअघि मार्च १० मा हुने भनिएको कार्यक्रम सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेनमेन्टले मे ५ (बैसाख २२) का लागि सारेको थियो।

लमानको ‘दबंग द टुर’ उनीसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पल आउनेछन्।

कृष्णसारको सिकार गरेको मुद्दामा जोधपुर अदालतले सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो। केही दिन जेल बसेपछि उनी जमानतमा रिहा भएका थिए।