रोकियो सलमान खानको कार्यक्रम: नेपाल नआउने पक्का - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

रोकियो सलमान खानको कार्यक्रम: नेपाल नआउने पक्का



काठमाडौं– पटकपटक मिति तय गर्दै सारिएको सलमानको नेपाल भ्रमण अन्तत: रोकिएको छ।

सलमान लगायत भारतीय कलाकारहरु नेपाल ल्याउने तयारीमा रहेको ओडिसी इन्टरटेन्मेन्टको सूचना अनुसार तत्काल सलमान नेपाल आउनेछैनन्।

गत फागुन २६ गते नेपाल आउने भनिएका सलमान नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपाको विरोधपछि पुनः जेठ १२ गते आउने सूचना प्रकाशित गरिएको थियो। तर सो समयमा पनि प्राविधिक कारण देखाउँदै नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले कार्यक्रम रोकेको थियो।

ओडिसीले सलमानको नेपाल भ्रमण बारेमा पुनः नयाँ मिति घोषणा गर्ने बताएको छ। सलमान भने फिल्म रेस ३, दशका दम लगायतका फिल्मको प्रचारप्रसार र छायांकनमा व्यस्त छन्।