सलमान खान फेरी विवादमा - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

सलमान खान फेरी विवादमा



काठमाडौँ । बलिउडका सुपरस्टार सलमान खान फेरी विवादमा तानिएका छन् । केही समय अघि मात्रै रियलिटीको शो ‘बिग बोस’को चर्को विरोध भएको थियो ।

उनै अभिनेता खानको आगामी फिल्म ‘दबांग–३’को पनि विरोध हुन थालेको छ । सलमानको ‘दबांग–३’ रिलिजको संघारमा छ ।

यसै फिल्मको टाइटल ट्र्याकलाई लिएर विरोध हुन थालेको हो । यो फिल्म २० डिसेम्बरबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।फिल्मको ट्रेलरलाई दर्शकहरुले खुब रुचाएका छन् ।

यसैबीच फिल्मको टाइटल ट्र्याकमा हिन्दू जन जागृति समितिले विरोध जनाउन सुरु गरिसकेका छन् । सो ट्र्याकले हिन्दू धर्मावलम्बीहरुको भावनामा ठेस पुग्ने बताइएको छ ।

भर्खरै मात्र निर्माण पक्षले फिल्मको टाइटल ट्र्याक सार्वजनिक गरेको थियो । सो गीतले हिन्दूहरुको भावनामा नकारात्मक असर गरेको भन्दै हिन्दू जन जागृति समिति मेकर्समाथि खनिएको हो ।

हिन्दू जन जागृति समितिको महाराष्ट्रको एक सदस्यले दबंग ३ को टाइटल ट्र्याकको बारेमा कुराकानी गरेको थिए । उनले भनेका छन्–‘यस गीतमा सलमान खानको साथमा ऋषिहरुको आपत्तिजनक डान्स प्रस्तुत गरिएको थियो । यस गीतमा सबै ऋषिहरुको हातमा गिटार छ । उनीहरुको आपत्तीजनक डान्स गरिरहेका छन् । यसले हिन्दू धर्मावलम्बीको भावनामा ठेस पु–याइरहेको छ ।’

यो फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् । फिल्मलाई सलमान खान फिल्मसको ब्यानरमा सलमा खान र अरबाज र निखिल द्विवेलीले निर्माण गरेका हुन् । फिल्ममा सई मंजरेकर र सोनाक्षी सिन्हा पनि मुख्य भूमिकामा छन् ।