बच्चा जन्माउँदै सलमान खान - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

बच्चा जन्माउँदै सलमान खान



मुम्बई : बलिउडका चर्चित नायक सलमान खान अहिलेसम्म अविवाहित नै छन् । उनी ५३ वर्षका भए । बेलाबेलामा उनको विवाहलाई लिएर विभिन्न गसिप बाहिरिने गर्छन् । तर उनी विवाह गर्ने टुंगोमा पुग्न सकेका छैनन् ।

विवाह नगरीकन उनी बच्चा जन्माउने तयारीमा रहेको खबर बाहिरिएको छ अहिले । टाइम्स् अफ इन्डियाको एउटा रिपोर्टपछि सलमान खान सरोगेसीमार्फत पिता बन्ने तयारीमा रहेको खबर बाहिर आएको हो । यो खबरसँगै उनको विवाह गर्ने योजना पछि हटेको बताइएको छ । सलमानले आफ्ना शुभेच्छुकमार्फत आफू विवाहदेखि भाग्ने गरेको बताउँदै आएका छन् ।

उनले आफूलाई बच्चा निकै मन पर्ने र बच्चाहरूसँग लगाव रहेको बताउने गरेका छन् । उनले भनेका छन्, ‘म राम्रो छोरा हुन असल बुवा बन्न सक्छु तर राम्रो श्रीमान् बन्न सक्दिनँ सायद।’