सलमान खानबारे नयाँ खुलासा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सलमान खानबारे नयाँ खुलासा



काठमाडौँ । ५३ वर्ष पुगिसकेका अभिनेता सलमान खान कहिले विवाह गर्छन् ? सलमानलाई धेरै सोधिने प्रश्न हो यो । यद्यपि, उनी सँधै प्रेमसम्बन्का कारण चर्चामा आइरहन्छन् । उनको नाम थुप्रै हिरोइनहरुसँग जोडिएको छ ।

अहिले भने एक समय सलमानकी प्रेमिकाको रुपमा समेत कहलिएकी अभिनेत्री शिल्पा शेट्टीले केही खुलासा गरेकी छिन् । ९० को दशकमा सलमान र शिल्पाको अफेयरले बजार पिटेको थियो । तर, दुवैले सार्वजनिक रुपमा यसलाई स्वीकार गरेनन् । सम्बन्ध कुनै पनि मोडमा पुगेन र शिल्पाले व्यापारी राज कुन्द्रासँग विवाह गरिन् ।

विवाह भएको ९९ वर्षपछि भने शिल्पाले सलमानसँगको सम्बन्धलाई लिएर मुख खोलेकी छिन् । उनले भनेकी छिन् ‘कहिलेकाहीँ सलमाज मेरो घरमा आएर वास बस्थे । कहिलेकाँही सलमानले मेरो बुबासँग रक्सी पनि पिउँथे ।’

उनले अझै थपेकी छिन्, ‘मलाई याद छ, बुबा बितेपछि सलमान घर र्आर सीधै टेबल नजिक गए । जुन टेबलमा सलमान र बुबाले पिउन्थे । पुरानो दिन याद गरेर उनी निकै रोएका थिए ।’

सलमान र शिल्पा दशा, शादी करके फर गया, फिर मिलेंगे, गर्वलगायत फिल्ममा सँगै देखिएका थिए ।