सलमान खान ५ वर्षको लागी जेल चलान - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सलमान खान ५ वर्षको लागी जेल चलान



एजेन्सी- कालो हरिण मुद्दामा जोधपुर अदालतले बलिउड सुपरस्टार सलमान खानलाई अन्तत: ५ वर्षको सजाय सुनाएको छ।

कम्तीमा २ वर्षको जेल सजाय माग गरेका सलमानको निवेदनलाई अस्वीकार गर्दै अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो। सलमानलाई जेल सजायसँगै १० हजार भारतीय रुपैयाँ जरिवाना तोकिएको छ।

फैसलापछि सलमानलाई जोधपुरको केन्द्रीय जेल चलान गरिएको छ। दुई दशक पुरानो मुद्दामा अदालतले सलमानलाई सो सजाय सुनाएको हो। सो मुद्दामा अभियोग खेप्दै आएका सैफ अलि खान, यानी तब्बु, नीलम र सोनालीलाई भने सफाइ दिइएको छ।

हिजो मात्र सलमान आफ्ना परिवारसहित जोधपुर पुगेका थिए।