सलमानले बिहे नगर्नुको राज खोलिदीए उनका बुबाले - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सलमानले बिहे नगर्नुको राज खोलिदीए उनका बुबाले



मुम्बई – बलिउड अभिनेता सलमान खानको बिहेलाई लिएर विभिन्न गसिप बनिरहन्छन् । फ्यानलाई सलमानले कहिले बिहे गर्लान् भन्ने चासोको विषय बन्छ । उनका नजिकका आफन्तहरुले पनि उनको बिहेलाई लिएर खुबै चासो देखाउँछन् ।

अन्तर्वार्तामा पनि जब बिहेको कुरा उठ्छ, उनले यो बारेमा खासै खुलेर बोल्दैनन् । मजाक बनाएर उडाइदिन्छन् । हालै भने सलमान खानका बुबाले यसबारेमा एउटा राजको खुलासा गरेका छन् ।

एक अन्तर्वार्ताका दौरान सलमानका पिता सलीमले भने, ‘जब सलमान कसैसँग सम्बन्धमा हुन्छन् त पहिले सबै ठीक चलिरहेको हुन्छ, सबै राम्रो हुँदै गइरहेको हुन्छ, तर केही समयपछि सलमानले ती युवतीमा आमाको छवि र आफ्नो बानी खोज्न थाल्छ ।’

सलमानले आफ्नी आमालाई निकै धेरै माया गर्छन् । समय हुनासाथ उनी आफ्नी आमासँग समय बिताउन पुगिहाल्छन् । सलमान खानको जन्मदिनमा साथी मात्र होइन, आमा पनि सामेल हुन्छिन् । व्यस्त समयका बावजूद उनी आफ्नी आमासँग नजिकै हुन सधै कोशिश गरिरहेका हुन्छन् ।

सलमान खानले आफ्नो बारेमा मात्र होइन, आफूसँग जोडिएका अरुका बारेमा पनि सोच्ने गर्छन् । सलमान खान यति प्रिय छन् कि, उनलाई फ्यानले सुल्तान र भाइ का रुपमा उत्तिकै सम्मान गर्छन् । उनको फिल्म ‘भारत’ ईदको मौका पारेर रिलिज हुँदैछ ।