सलमान खानसँग अक्षय कुमार भिड्ने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सलमान खानसँग अक्षय कुमार भिड्ने



एजेन्सी- बलिउडमा यतिबेला सलमान खानको फिल्म ‘भारत’को चर्चा छ । ‘भारत’ले राम्रो कमाइ गरिरहेको छ ।यसैबीच नयाँ खबर बाहिर आएको छ- आगामी इदमा सलमान खानसँग अक्षय कुमार भिड्ने ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगामी इदमा सलमानको ‘इंशाल्लाह’सँगै अक्षय कुमारको ‘सूर्यवंशी’ रिलिज हुनेछ ।

यदि यी दुई सुपरस्टारको भिडन्त निकै रोचक हुनेछ ।

सन् २०२० मा सलमान र अक्षयबाहेक अन्य स्टारहरूको पनि भिडन्त हुने भएको छ ।

दोस्रो टक्कर दीपिका पादुकोणको ‘छपाक’ र अजय देवगनको ‘तानाजी’बीच हुनेछ ।

‘तानाजी’ यस वर्षअघि नै रिलिज हुनुपर्ने थियो तर अब आगामी जनवरी १० मा सिनेमाघरमा लाग्दैछ । दीपिकाको फिल्ममा पनि सोही मितिमै रिलिज हुँदैछ ।