के पारा हो सलमान खान र ऐश्वर्या रायको ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

के पारा हो सलमान खान र ऐश्वर्या रायको ?



एजेन्सी -संजय लीला भंसालीको फिल्म ‘मलाल’ को ट्रेलर शनिबार लञ्च गरिएको छ । भंसालीको यो फिल्ममा दुई नयाँ अनुहार देखिने भएकमो छ । संजय लीला आफ्नी भाञ्जी शर्मिन सहगल र जावेद जाफरीकी छोरी मिजान जाफरीलाई लञ्च गरिरहेका छन् । ट्रेलर रिलिज भएदेखि नै दुबै नायिकाको निकै चर्चा भइरहेको छ । सलमान खानले पनि शर्मिनको वाल्यकालको एउटा तस्बिर सेयर गर्दै उनलाई भविष्यका लागि शुभकामना दिए ।

सलमान खानले शर्मिनको वाल्यकालको एउटा तस्बिर सेयर गरेका छन् । यद्यपी, यो तस्बिरमा प्रशंसकको ध्यान शर्मिनभन्दा कुनै अन्य व्यक्तिमा टिक्यो । ती अन्य व्यक्ति ऐश्वर्या राय हुन् जसलाई सलमानले तस्बिरमा क्रप गरेका छन् । यो तस्बिर संजय लीला भंसालीको फिल्म ‘हम दिल दे चुके सनम’ को सेटको हो । तस्बिरमा शर्मिन सलमानसँग आफ्नो अंकललाई केल खुवाइरहेकी छिन् ।

तस्बिर हेर्दा यस्तो लाग्छ कि फिल्मको गीत हम दिल दे चुके सनमको सुटिङको क्रममा खिचिएको हो । तस्बिरको पछाडि ऐश्वर्या राय पनि छिन् । तर उनको तस्बिर क्रप गरेर सेयर गरिएको छ ।

स्मरण रहोस्, हम दिल दे चुके सनमको क्रममा सलमान खान र ऐश्वर्या रायको अफेयरको निकै चर्चा थियो ।