प्रधानमन्त्री, सांसदको तलब - कुन देशमा कति ? - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

प्रधानमन्त्री, सांसदको तलब – कुन देशमा कति ?



एजेन्सी। विश्वका अधिकांश देशहरूमा सांसदको तलबलाई लिएर बहस हुने गरेको छ। केही विवादित नै छन् भने कुनै देशको सरकारले सांसदको तलबलाई निकै गम्भीरताका साथ लिदैँ आइरहेको छ।

नेपालमा पनि सांसदको तलब वृद्धि गर्नुपर्ने बहस बेलाबेलामा चलिनै रहन्छ। जनताको सेवा गर्न गएका सांसदहरूलाई धेरै तलब दिन नहुने केही विश्लेषकहरूको भनाइ रहेको छ भने कतिपयले भ्रष्टाचारलाई निरुत्साहित गर्न पनि तलब बढाउनु पर्ने तर्क हुँदै आइरहेका छन्। विश्वका केही यस्ता देशहरू रहेका छन् जहाँ सांसदहरूको तलब अति नै धेरै रहेको छ भने कतिपय देशमा अति नै कम रहेको छ।

न्युजील्याण्ड

सन् २०१६ को रिपोर्ट अनुसार न्युजील्याण्डकी प्रधानमन्त्री जासिण्डा आर्डेनको वार्षिक तलब ४,५९,७३९ डलर रहेको छ। त्यस्तै उपप्रधानमन्त्रीको तलब ३,२६,६९७ डलर रहेको छ।

क्याबिनेट भित्रका सांसदहरूको वार्षिक तलब २,८८,९०० डलर रहेको छ। त्यस्तै क्याविनेट बाहिरका सांसदहरूको वार्षिक तलब २४३८४१ डलर रहेको छ। व्याकबेन्च सांसदहरूको वार्षिक १,६०,०२४ डलर रहेको छ।

एक अध्ययनका अनुसार जासिण्डा विश्वकै सबैभन्दा धेरै तलब लिने विश्व लिडरमध्ये तेस्रो स्थानमा रहेकी छिन्।

युके

युकेका सांसदहरूको वार्षिक तलब ७७,३७९ पाउण्ड रहेको छ। उनीहरूलाई विभिन्न खर्चका लागि यो तलब बाहेक अन्य खर्च पनि विनियोजन गरिएको हुन्छ। सन् २०१६ मा बेलायती सांसदहरूको तलब ०.४३ प्रतिशतले बढेको थियो।

बेलायती प्रधानमन्त्री टेरेसा मेको तलब १५,०४०२ पाउण्ड रहेको छ। क्याबिनेट मन्त्रीको ६९,८४४ पाउण्ड रहेको छ र मिनिस्टर अप स्टेटको तलब ३३,४९० रहेको छ।

त्यस्तै सचिवको तलब २४,०४८ पाउण्ड रहेको छ।

अष्ट्रेलिया

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको वार्षिक तलब  ५,३८,००० अष्ट्रेलियन डलर रहेको छ। त्यस्तै उपप्रधानमन्त्रीको ४,५६,५०४ न्युजिल्याण्ड डलर रहेको छ।

क्याबिनेट मन्त्रीहरूको वार्षिक तलब ३,८४,१२८ रहेको छ। अष्ट्रेलियामा विपक्षीको वार्षिक तलब २,७८,३४१ डलर रहेको छ। ब्याकबेन्च सांसदहरूको वार्षिक तलब २,२२,६४६ डलर रहेको छ।

क्यानडा

क्यानडाका प्रधानमन्त्री जस्नि ट्रुडेको तलब वार्षिक १,९७,४६३ न्युजिल्याण्ड डलर रहेको छ। उनलाई २,२८६ डलर अलोयन्स पनि दिइन्छ। उनको सम्पुर्ण गरेर ३,९४,९१८ डलर वार्षिक तलब रहेको छ। क्यानडाका सबै सांसदहरूको वार्षिक तलब १,९७,४५५ रहेको छ।

अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक तलब ४ लाख डलर रहेको छ। त्यस्तै ५३५ जना सांसदहरूको तलब १ लाख ७४ हजार डलर रहेको छ। त्यस्तै सभामुख र माइनोरेटी लिडरको वार्षिक तलब ३,३३,२२१ न्युजिल्याण्ड डलर रहेको छ।

सांसदहरूको तलब सन् २०१२ देखि नबढेको मिडिया रिपोर्टमा उल्लेख छ।

नेपाल

नेपालमा सबैभन्दा धेरै तलब राष्ट्रपति विद्यादेवी भण्डारीको रहेको छ। उनको मासिक तलब १ लाख ५० हजार ४५० रहेको छ।
त्यस्तै उपराष्ट्रपतिको १ लाख ६ हजार ०३० रहेको छ।
प्रधानमन्त्रीको तलबः ७७,२८०
उपप्रधानमन्त्रीको तलबः ६५,२००
क्याबिनेट मन्त्रीहरूको तलबः ६०,९७०
राज्यमन्त्रीहरूको तलबः ५७,७८०
सहमन्त्रीहरूको तलबः ५६,४९०
सभामुखको तलबः ६७,३२०
उपसभामुखको तलबः ६०,९७०
संसदीय प्रतिपक्ष दलको नेताः ६०,९७०