सालह चोटग्रस्त: रामोस विरुद्ध मुद्दा - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

सालह चोटग्रस्त: रामोस विरुद्ध मुद्दा



रियल मड्रिडका डिफेन्डर सर्जिओ रामोसले पहिले मोहम्मद सालहले आफ्नो पाखुरा समातेको र त्यसपछिको प्रतिक्रिया मात्रै आफूले गरेको बताएका छन् ।

सालह चोटग्रस्त हुनुमा उनले पहिलो आफ्नो पाखुरा समात्नु नै जिम्मेवार रहेको रामोसले दाबी गरेका छन् । सालह च्याम्पियन्स लिग फुटबलको फाइनलमा रामोसले पाखुरामा समातेर तान्दा लडेर चोटग्रस्त भएका छन् ।

उनको काँधमा चोट लागेको छ । चोटका बाबजुद पनि उनी विश्वकप फुटबलका लागि इजिप्टको टिममा परेका छन् । उनको शल्यक्रिया पनि भएको छ ।

स्पेनिस रामोस युक्रेनको किभएमा भएको फाइनलको क्रममा लिभरपुलका गोलरक्षक लोरि कारिउससँग पनि ठोक्एिका थिए । लोरिस कनकसन (माइल्ड ट्रमाटिक ब्रेन इन्जुरी, एमटिबिआइ) बाट पीडित भएका छन् ।

रामोसले भने, ‘अहिले मैले सम्झिरहेको एउटा मात्रै कुरा भनेको रोबर्टो फिरमिनोले मेरो पसिनाको एक थोपा परेर आफूलाई चिसो भएको भनेका थिए ।’

रामोसले इन्जेक्सन लिएको भए सालहले दोस्रो हाफमा खेल्न सक्ने पनि दाबी गरे । पहिलो हाफको २५/२६ औँ मिनेटमा रामोसले पाखुरा तानेपछि सालह मैदानमा बजारिएका थिए ।

उनले खेल्ने प्रयास गरे पनि नसकेपछि रुँदै बाहिरिएका थिए । रामोसले जुडो स्टाइलमा सालहलाई लडाएको आरोप लागेको छ । तर उनले भने सबै अस्वीकार गरेका छन् ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफा र युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएमा स्पेनिस रामोसलाई कारवाहीको माग गरिएको छ ।

यस्तै इजिप्टका वकिलले रामोसका कारण सालहमा भएको शारीरिक तथा मनोवैज्ञानिक नोक्सानीका लागि ८७४ मिलियन पाउण्डको क्षतिपूर्ति माग गर्दै उजुरी दर्ता गरेका छन् ।

३२ वर्षका रामोसले एससँग भनेका छन्, ‘ब्लडी हेल, उनीहरुले यो सालहको कुरालाई चाहिने भन्दा बढी अटेन्सन दिएका छन् । सबैकुरा चाहिने भन्दा ठूलो बनाइएको छ, म यसमा बोल्न चाहन्न ।’