सलाह बने 'प्रिमियर लिग प्लेयर अफ दि सिजन' - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

सलाह बने ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’



एजेन्सी । लिभरपुलका फरवार्ड मोहमद सलाह इन्ग्लिश प्रिमियर लिगको यो सिजन उत्कृष्ट खेलाडी घोषित भएका छन् । यो सिजनको उत्कृष्ट खेलाडी बन्दै सलाहले आइतबार ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड पाएका हुन् ।

इजिप्टका सलाहले यो सिजन प्रिमियर लिगको ३७ खेलमा ३१ गोल गरेका छन् । २५ बर्षीय सलाह यसै सिजन इटालियन क्लब रोमाबाट ३४ मिलियन पाउण्डमा लिभरपुल आएका थिए । यो सिजन सलाहले लिभरपुलका लागि च्याम्पियन्स लिगमा ११ गोल गर्दा एफए कपमा १ गोल गरेका थिए ।

सलाहले यो सिजनको तेस्रो अवार्ड पाएका हुन् । यसअघि सलाहले प्लेयर एसोसिएसनले दिने पिएफए प्लेयर अफ दि इयर र फुटबल राइटर्स एसोसियसनले दिने राइटर्स एसोसियसन फुटबल प्लेयर अफ दि इयरको उपाधि जितेका थिए ।