सकियो तरुण दल: अब के होला ? - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

सकियो तरुण दल: अब के होला ?



काठमाडौं । आन्तरिक विवादमा फसेको नेपाल तरुण दल लगभग सकिएको छ । अध्यक्ष र महासचिवबीचको लामो बिबादले यस्तो अवस्था आएको हो ।

शनिबार अध्यक्ष र महासचिवले एकअर्कालाई कारबाही गरी साधारण सदस्यमा समेत नरहनेगरी पत्राचार गरेपछि नेता तथा कार्यकर्ता जिल खाएका छन् ।

अनुशासनहीन गतिविधि गरेको भन्दै अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई कारबाही गरेका थिए ।

त्यसको जवाफमा शाहीले पनि चारबुँदे आरोप लगाएर अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निस्कासन गरिएको विज्ञप्ति जारी गरेका छन् ।

यसअघि अध्यक्ष र महासचिवले एकअर्काको निर्णय अवैध भएको भन्दै खारेज गरेका थिए ।

लामो समयदेखि चार जनाले मात्र संचालन गरेको तरुण दलमा अब भने अनिश्चितता छाएको छ ।