सकियो एसईई परीक्षा ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सकियो एसईई परीक्षा !



भक्तपुर । एसईई परीक्षा शनिबारबाट सम्पन्न भएको छ । गएको ८ गतेबाट सुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रणक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएको हो ।

देशभरका १ हजार ९ सय ५६ परीक्षा केन्द्रबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले परीक्षा दिएको रेग्मीले बताए । प्राविधिक धारतर्फको परीक्षा भने आउँदो २० गतेसम्म सञ्चालन हुनेछ ।