पार्वती थापाको शब्द स्वरुप राज आचार्यको स्वरमा 'सक्छौ भने..' सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पार्वती थापाको शब्द स्वरुप राज आचार्यको स्वरमा ‘सक्छौ भने..’ सार्वजनिक(भिडियो सहित)



नयाँ  दिल्ली /हिमाल पोस्ट 

करिब ६ वर्ष लामो जापानको बसाइ सकेर नेपाली गीतसङ्गीतमा लाग्ने उद्देश्यले नेपाल फर्किएकी पार्वती थापा यति बेला आफ्नो पहिलो साङ्गीतिक एल्बम बजारमा ल्याएकी छन्  ।

नेपाली गीत सङ्गीतका पारखीहरूका लागि चर्चित गायक स्वरूपराज आचार्यको सुमधुर स्वरमा रहेको आधुनिक गीतको भिडियो बजारमा आएको हो   । ‘सक्छौ भने तिम्रो मेरो’ बोलको गीतको भिडियोलाई बि जी इनटरटेनमेण्ट प्रा लि ले बजारमा  ल्याएको हो  ।

गीतमा जीवनमा माया प्रेममा एक अर्काको हुन नसकेका जोडीहरू आफू टाढिएपनी कहिलेकाहीँ भेट हुँदा बिछोडको होइन प्रीतको कुरा गर्न आग्रह गरिएको गीतकार पार्वती थापाले बताईन  ।

गीतमा शब्द पार्वती थापाको रहेको छ भने सङ्गीत  वसन्त सापकोटा निर्देशन कृष्ण शर्माको रहेको छ ।यो गीतपछि अर्को लोक गीतको तयारी रहेको थापाले  बताईन  ।