बाह्वन साझेदारी बनको व्यवस्थापन समिति माथि अध्ययन शुरु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बाह्वन साझेदारी बनको व्यवस्थापन समिति माथि अध्ययन शुरु



लक्ष्मीप्रसाद जैशी / धनगढी ।
सुदूरपश्चिम प्रदेस सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति अन्तरगतको बाह्वन साझेदारी बनको बारेमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन पेश गर्न बनेको उपसमितिले अध्ययन प्रक्रिया अघि बढाएको छ ।
बुधबार उपसमितिका संयोजक पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेस सभा सदस्य दिर्घ सोडारीको अध्यक्षतामा बसेको उपसमितिको बैठकले बाह्वन साझेदारी बनको बारेमा अध्ययन गर्ने निर्णय गरेको हो ।

पुर्व मन्त्री सोडारीको अध्ययक्षतामा बसेको उपसमितिको बैठकले २०६५ साल देखीको बन व्यवस्थापन समितिको तिन वटा बैंकमा रहेको खाताको बैंक स्टेटमेन्ट, लेखापरिक्षणको प्रतिवदेन, कार्ययोजना, कार्यविधिको प्रतिलिपी माग गरी छानविन गर्ने निर्णय गरेको छ ।

यस्तै समितिले फागुन २० गते भित्र बाह्वन साझेदारी वनको बारेमा बुझ्नको लागि वनको कार्यक्षेत्रमा पर्ने चार स्थानीय तहका प्रमुखहरु, २२ वटा वडाका वडाध्यक्ष, सुदूरपश्चिम प्रदेसको उद्योग, पर्यटन बन तथा बाताबरण मन्त्रालय, प्रदेस वन निर्देशनालय, जिल्ला वन डिभिजन, सव डिभिजन, मिडिया लगाएत सरोकारवालहरुको विचमा अन्र्तक्रिया गर्ने निर्णय समेत गरेको उपसमितिका संयोजक सोडारीले जानकारी दिए । उपसमितिका संयोजक पुर्व मन्त्री सोडारीले भने–‘ अन्र्तक्रियामा साझेदारी वन बारे प्रदेस सरकारले कस्तो नीति अवलम्बन गर्ने, त्यसको श्रोत कसरी परिचालन गर्ने भन्ने बारे नीतिगत छलफल पनी, गर्र्छौ ।,‘ अनीयमितितको बारे पनी गुनासो आएको छ त्यस्को पनि अनुसन्धान गर्छाै ’ ।

चार वटा स्थानीय तह संग जोडीएको साझेदारी वन व्यवस्थापन समितिले अनियमितता गरेको व्यापक जनगुनासो आएपछि सुदूरपश्चिम प्रदेस सभाको अर्थ व्यवस्था तथा प्रकाृतिक श्रोत समितिले उपसमिति बनाएर अध्ययन शुरु गरेको उपसमितिकी सदस्य तथा प्रदेश सभा सदस्य पुर्णा जोशीले बताईन् ।

अध्ययन समितिले फाल्गुन मशान्त भित्र बाह्वन बनको बारे अध्यायन अनुसन्धार गरेर सुदूरपश्चि प्रदेशको अर्थ विकास तथा प्राकृतिक श्रोत समिति लाई प्रतिवेदन बुझाउने बताइएको छ ।

बाह्बन व्यवस्थापन समितिले अनीमियता गरेको गुनासो बढेपछि अर्थ विकास तथा प्राकृतिक श्रोत समितिले माघ १८ गते अध्ययनको लागि पुर्वमन्त्री तथा प्रदेस सभा सदस्य दिर्घ सोडारीको संयोजकत्वमा ५ सदस्यिय उपसमिति गठन गरेको थियो ।

समितिको सदस्यमा प्रदेस सभा सदस्य क्रमश ः पुर्णा जोशी, महेशदत्त जोशी, कृष्ण चौधरी र देवराज पाठक रहेका छन् । समितिले एउटै वडामा करोडौंको बजेट विनियोजन गरेको र कार्यक्षेत्रमा रहेका अन्य स्थानीय तहलाई उपेक्षा गरेको आरोप स्थानीयले पटक पटक लगाउँदै आएका छन् । फाइल तस्बिर :