यी हुन् साझा पार्टीका नयाँ केन्द्रीय सदस्य - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

यी हुन् साझा पार्टीका नयाँ केन्द्रीय सदस्य



काठमाडौँ- साझा पार्टीले आफ्नो केन्द्रीय समितिमा दुईजना नयाँ सदस्य थपेको छ ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले रजनी केसी र शरदराज पाठकलाई केन्द्रीय सदस्यमा थप्ने निर्णय गरेको हो ।

केसी लामो समय नेपाल विद्यार्थी संघ र महिला संघमा क्रियाशील थिइन् । ४४ वर्षीय केसीले पुरानो राजनीतिबाट देशको रूपान्तरण संभव नै नभएको महसुस गरेर साझा पार्टी निर्माणमा पूर्णरूपले संलग्न हुन गत महिना पोखरा विश्वविद्यालयको उपप्रशासकको पदबाट राजीनामा दिएकी प्रवक्ता डा. सूर्यराज आचार्य जानकारी दिए ।

उनले जनसंख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छिन्।

चालिस वर्षीय शरदराज पाठक स्थापनाकालदेखि नै साझा पार्टी निर्माणमा सकृय छन् । ग्रामिण विकासमा स्नातकोत्तर तथा अर्थशास्त्र र अंग्रेजीमा स्नातक गरेका पाठक पूर्व पत्रकार हुन् ।

उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकमा संस्थापक सम्पादक भएर काम गरेका थिए।

त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए ।

साझा पार्टीमा पूर्णरुपमा संलग्न हुन हालै उनले बिभिन्न पेशागत जिम्मेवारीबाट राजिनामा दिएका छन् ।