नेतृत्व परिवर्तन गर्ने साझा पार्टीको घोषणा - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

नेतृत्व परिवर्तन गर्ने साझा पार्टीको घोषणा



काठमाडौं । उपनिर्वाचनमा गतिलो पराजयपछि साझा पार्टीले नेतृत्व परिवर्तन गर्ने भएको छ । सबै उम्मेदवारले लज्जास्पद हार बेहोरेपछि विज्ञप्ति जारी गर्दै पार्टीले यस्तो घोषणा गरेको छ ।

साझा पार्टीका कुनै पनि उम्मेदवारले जमानत समेत जोगाउन सकेका छैनन् । पार्टीले उपनिर्वाचन परिणाम सार्वजनिक भएलगत्तै विज्ञप्ति जारी गरेको छ ।

सोमबार पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साझा पार्टी नेतृत्वकर्ताहरूको खोजी गर्नुका साथै संगठन विस्तार गर्नेछौं ।’

विज्ञप्ति अनुसार संगठन नहुँदा जनतालाई आफ्नो पार्टी के हो, के होइन, के गर्छ, के गर्दैन भन्ने बुझाउन नसकिएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मुलतः सत्ता–शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर छ’ ‘सारा प्रतिकूलताका बाबजुद हामीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछ ।’