साझा विवेकशीलका प्रदेश सभा उमेदवार तथा नगर संयोजकद्बारा पार्टी परित्याग - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

साझा विवेकशीलका प्रदेश सभा उमेदवार तथा नगर संयोजकद्बारा पार्टी परित्याग



विशाल पाण्डेय / घोडाघोडी ।
साझा विवेकशील पार्टीका कैलाली क्षेत्र नं ३ ‘ख’ प्रदेश सभा सदस्य उम्मेदवार हरिनन्द जोशी तथा घोडाघोडी नगर संयोजक रमेश आचार्यले पार्टी परित्याग गरेका छन् ।

प्रदेश सभा सदस्यमा उमेदवार जोशी र नगर संयोजक आचार्यले सोमबार संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै आजकै दिनदेखि यस पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट राजीनामा गरेको घोषणा गरेका हुन् ।

प्रदेश सभा सदस्य उमेदवार हरिनन्द जोशी तथा घोडाघोडी नगर संयोजक रमेश आचार्यद्बारा जारी गरिएको विज्ञप्तिमा , हाल विवेकशील साझा पार्टी देश जनताभन्दा पनि स्वयं कसरी राजनीतिक रुपमा बलियो हुने भन्ने दाउमा लागेको स्पष्ट देखिएको बताइएको छ । जसको उदाहरण हालमात्रै पटकपटक थपेका केन्द्रिय सदस्यहरु , जिल्ला समितिहरुबाट स्पस्ट देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“पारदर्शी ,उत्कृष्टता ,समावेशी र लोकतान्त्रिक अभ्यास” को नारा फुक्नेले जनमत संग्रह जस्ता कुराहरु बाहिर ल्याउने र लोकतन्त्र विपरीत वकालत गर्ने गरेको तथा विवेकशील साझा पार्टी हिन्दु राज्य र राजतन्त्र पक्षधर बन्न खोजेको पाइएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा पार्टी निर्माण गर्ने कार्यकर्ताहरुको सहि मुल्यांकन नगरी मेहनत गर्ने युवाहरुलाई प्रयोग मात्रै गरि दलाल ,ठेकदार ,उद्योगी,व्यापारी र गुन्डाहरुलाई जनप्रतिनिधि र पार्टी नेतृत्व छनोट गर्ने गरेको पाइएकोले युवाहरू झोले बन्नुको सट्टा उद्बमशिल भइ घरबाटै समृद्बि ल्याउने अभियानमा जुट्न अपिल समेत गरेका छन् ।