‘सैतानी ब्याज’ को पासोमा जनता ! - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

‘सैतानी ब्याज’ को पासोमा जनता !



‘सैतानी ब्याज’ को पासोमा परेका सर्लाहीका जब्दी, पिपरियालगायत स्थानका ३० महिलासहित ३६ जना न्यायको खोजीमा काठमाडौं आएका छन् ।

गौशालाको एउटा लजमा ६ दिनयता चिउरा–दालमोठका भरमा बसिरहेका अधिकांशविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा चलिरहेको छ ।

उनीहरूको भनाइ छ– ‘सयकडा पाँच रुपैयाँ ब्याजदरमा ५० हजारदेखि दुई लाखसम्म ऋण दिएका श्याम प्रदेशी भन्ने श्यामकृष्ण साहले तीन–चारवटा फर्जी कागज बनाएर ऋणीमाथि ब्याजको पासो थापेका छन् ।’

लिएभन्दा धेरै रकमको फर्जी कागज बनाएर प्रदेशीले ऋणीविरुद्ध सर्लाही जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरेको पीडितको आरोप छ ।, आजको कान्तिपुरमा यो खबर छ । मधेसमा चर्को ब्याजमा ऋण दिने र कागज बनाएर त्यसैका आधारमा ऋणीलाई वर्षौंसम्म शोषण गरिरहने अवस्थालाई ‘सैतानी ब्याजको पासो’ भन्ने चलन छ ।

श्याम प्रदेशीको मिटर ब्याजको धन्दाबारे जिल्लाका अधिकांश प्रमुख दलका नेता, सबैजसो सरकारी कार्यालयका प्रमुख जानकार छन् ।

प्रदेशीले अधिकांश दलित, भूमिहीन र महिलालाई ऋण दिएका छन् । आफूअनुकूल हुने गरी उनीहरूलाई करकापमा पारेर फर्जी कागजात तयार पारेका छन् ।