सैनामैनामा विविध कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सैनामैनामा विविध कार्यक्रम सम्पन्न



 नवासुजित भण्डारी /कार्तिक– २६, सैनामैना ।

सैनामैना –१ आदर्शपथ स्थित सैनामैना मेमोरियल स्कुलले विद्यार्थीहरुको सिर्जनशीलता अभिवृद्धि गराउने उद्देश्यले विभिन्न प्रतियोगिताहरु सम्पन्न गरेको छ ।

“प्रत्येक शुक्रबार, सिर्जनशील शुक्रबार” भन्ने नारासहित सञ्चालित सो कार्यक्रममा यो शुक्रबार सिनियर तर्फ अङ्ग्रेजी कविता प्रतियोगिता, तथा जुनियर तर्फ अङ्ग्रेजी कथा लेखन साथै पूर्व प्राथमिकमा कथा सुनाउने प्रतियोगिता आयोजना गरिएको थियो ।

कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरु बिचमा आयोजित कविता प्रतियोगितामा कक्षा– ९ निलो सदनकी आस्था खनाल प्रथम, कक्षा– ९ रातो सदनका विजय बि.सी र सुजता तिवारी द्वितीय र कक्षा –८ हरियो सदनकी करिस्मा पाण्डे तृतीय हुन सफल भएका थिए । यसैगरी कक्षा २ देखि ५ सम्मका विद्यार्थी बिचको कथा लेखन प्रतियोगितामा कक्षा– ५ पहेँलो सदनकी सिमरन पौडेल, कक्षा – ४ हरियो सदनकी सुलक्षणा आचार्य , कक्षा –३ निलो सदनकी विनिता पौडेल , कक्षा– २ निलो सदनकी अपेक्षा अर्याल र हरियो सदनकी सर्मिला मिश्र प्रथम भएका थिए ।

यसैगरी पूर्व प्राथमिक तह तर्फ आयोजित कथा सुनाउने प्रतियोगितामा नर्सरीका सुगम जि.सी., एल.के.जीका. साइमन बन्जाडे, यु.के.जीका. आकाश खनाल र कक्षा– १ का सर्गम घिमिरे प्रथम भएको मिडिया कोअर्डिनेटर बाबुराम खनालले जानकारी